२ कार्तिक २०८३, सोमबार

श्रीमानले चिर्पट प्रहार गर्दा श्रीमतीको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, १९ कात्तिक । ओखलढुंगाको सिद्धीचरण नगरपालिका–११ सोब्रुमा एक महिलाको हत्या भएको छ ।

श्रीमान रामबहादुर राईले चिर्पट प्रहार गरी ३३ वर्षीया कल्पना खड्का राईको ज्यान गएको हो ।

श्रीमान श्रीमतीबीच सामान्य विवाद हुँदा मादक पदार्थ सेवन गरेका राईले श्रीमतीलाई चिर्पट प्रहार गरेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका घर भई तीन वर्षअघिदेखि यहाँ बसोबास गर्दै आएका आरोपित ६१ वर्षीय राईलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ ७ बजेतिर घटना घटेको भए पनि स्थानीयले प्रहरीलाई शनिबार बिहान मात्रै खबर गरेक थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको र शवलाई कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।