
काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमा ‘राइट टू रिजेक्ट’को व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले संसारमा रहेको राइट टू रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने बताएका हुन् ।
मतदाताले पाँच वर्षका लागि चुनेर पठाएको जनप्रतिनिधिले सो अवधिमा गलत काम गरे उनलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था नेपालमा हुनुपर्ने उनको धारणा छ । त्यसका लागि नागरिक अगुवा सम्मिलत समिति गठन गर्नुपर्नेमा उनको भनाई छ ।
उनले अहिले जनप्रतिनिधिहरू मालिक बन्ने प्रवृतिले जनताको समस्या समाधान हुन नसकेकाले यस्ता प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने जिकिर गरे ।















प्रतिक्रिया