१ कार्तिक २०८३, आइतबार

स्वर्गीय चेतन कार्कीको गीति एल्बम ‘म चेतन’ लोकार्पण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । गीतकार एवम् चलचित्र निर्देशक स्वर्गीय चेतन कार्कीको पहिलो गीति एल्बम ‘म चेतन’ लोकार्पण गरिएको छ ।

नारायण ओलीको एकल संगीत रहेको एल्बमलाई गीतकार कार्कीको ८४औं जन्मजयन्तीको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । वरिष्ठ नृत्य निर्देशक भैरबबहादुर थापा, चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष कलाकार मिथिला शर्मा, चेतन कार्कीकी धर्मपत्नी गंगा कार्की, गायिका कुन्ती मोक्तान, म्युजिक नेपालका संस्थापक अध्यक्ष सन्तोष शर्मालगायत कलाकारहरुले सयुक्त रुपमा ‘म चेतन’ लोकार्पण गरेका हुन् ।

नौ वटा गीतहरु समावेश उक्त एल्बममा नारायण ओली, दिप श्रेष्ठ, कुन्ती मोक्तान, अन्जु पन्त, बानिका प्रधान, महेश सेवा, निशान भट्टराई, अस्मिता अधिकारी, रचना रिमाल र प्रविन बेडवालको स्वर रहेको छ ।

म्युजिक नेपालले उत्पादन र सार्वजनिक गरेको संग्रहमा रहेका गीतहरूको म्युजिक एरेन्ज शिलबहादुर मोक्तान, फणिन्द्र राई र गोपाल रसाइलीले गरेका हुन् ।

कार्यक्रममा ‘म चेतन’ एल्बममा समाबेश गायक दिप श्रेष्ठको आवजमा रहेको गीत ‘विरहमा’ गीतको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो । राजिव लोहनी निर्देशित उक्त भिडियोमा कलाकार कोसिस छेत्री र नम्रता सापकोटाको अभिनय रहेको छ ।

भवानी शिल्पकारको क्यामेरा र टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोको डीओपी रवि सायमी हुन् । चलचित्र निर्देशक, लेखक तथा साहित्यकार समेत रहेका चेतन कार्कीको २०७८ जेठ २ गते ८३ वर्षको उमेरमा निधन भएको थियो ।

‘जुन निदाउन थाले तारा निदाउन थाले’, ‘बैनीको दया छ भने रोदी घर दाइ नाचे नभने’, ‘बुझ्नै सकिनौ तिमिले आँखाको भाखा मेरो’, ‘माया पिरतीको चोखो कथा’, ‘कान्छी हे कान्छी’, ‘कलकल सलसल’, ‘लाज लाग्छ’, ‘सपनीमा देखेथिएँ’, ‘मोहनी आँखा’जस्ता कैयन् कालजयी गीतका सर्जक कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी लगायत चलचित्र निर्देशन गरेका थिए ।