
अमृतसर, १९ कात्तिक । शिव सेनाका नेता सुधीर सुरीको शुक्रबार अमृतसरमा गोली हानी हत्या गरिएको छ ।
अमृतसरको गोपाल मन्दिर नजिकै विरोध प्रदर्शनका क्रममा गोली चलेको थियो । घटना लगत्तै सुरीलाई अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भएको हो ।
प्रहरीले घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले आरोपितबाट हतियार समेत बरामद गरेको अमृतसरका प्रहरी आयुक्त अरुण पाल सिंहले जनाएका छन् ।
घटना बारे थप अनुसन्धान जारी रहेको समाचारमा उल्लेख छ ।















प्रतिक्रिया