२ कार्तिक २०८३, सोमबार

संस्कृति र सम्पदा देशको सम्पत्ति हुन् : ईश्वर पोखरेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संस्कृति र सम्पदा देशको अमूल्य सम्पत्ति भएको बताएका छन् ।

हरिबोधनी एकादशीको अवसरमा बुढानीलकण्ठ नगरपालिकाको धार्मिकस्थल बुढानीलकण्ठ मन्दिरमा लागेको मेलामा सहभागी हुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले बुढानीलकण्ठ क्षेत्रको बृहत्तर विकासमा आफू सधैं सक्रिय रहेको बताए ।

उपाध्यक्ष पोखरेलले मन्दिर दर्शन गनर्नका साथै मन्दिरका पुजारी र अन्य पदाधिकारीहरुसँग मन्दिरलाई थप व्यवस्थित बनाउने तथा मेलामा आएका श्रद्धालुहरुलाई सहज बातावरणमै बुढानीलकण्ठको दर्शन गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

पोखरेलसँगै एमालेका काठमाडौंका अध्यक्ष एवम् प्रदेश सभाका उम्मेदवार दीपक निरौला पनि बुढानीलकण्ठ पुगेका थिए ।