
काठमाडौं, १८ कात्तिक । बन्धुककारीसँग लडेर पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानको ज्यान जोगाउने साहसी युवाको यतिबेला निकै प्रशंसा भइरहेको छ ।
इमरान खानको पार्टीले चुनावको माग गर्दै लाहौरदेखि इस्लामावादसम्म एउटा लामो मार्च गरिरहेको छ।
यसै मार्च चलिरहँदा पञ्जाब प्रान्तको गुजरान्वालामा पूर्वप्रधानमन्त्री खानमाथि एक बन्दुकधारीले गोली चलाएका थिए । तर, इब्तेसाम हसन नामक युवाले पेस्तोल बोकिरहेका हमलाकारीको हात पकडिएर इमरानलाई निशाना लगाउनबाट रोकेका थिए । इब्तेसामले हमलाकारीलाई जोडले समातेपछि हमलाकारीले गोली चलाउन विफल भएका थिए ।
इब्तेसाम इमरान खान रहेको ठाउँदेखि केवल दश फिटको दूरीमा थिए । हमलाकारीले नजिकैबाट म्यागेजिन लोड गरेर इमरानलाई ताकेरै गोली चलाउन थालेका थिए । त्यहीक्रममा इब्तेसाम दौडिएर हमलाकारी तिर गएर भिड्न थाले। त्यसपछि गोली तल जमिनमा लाग्न थाल्यो।
इमरान खानलाई गोली लागे पनि खुट्टामा मात्रै लाग्यो । यिनै साहसी युवाका कारण इमरान खानको ज्यान जोगिएको छ । इमरानलाई लाहौरको शौकत खानम अस्पतालमा भर्ना गरिएको छ ।
उनको खुट्टामा लागेको गोली निकाल्नका लागि शल्यक्रिया गरिएको छ। घटनामा पाकिस्तान तहरिके इन्साफ पार्टीका १४ जना कार्यकर्ता घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ।















प्रतिक्रिया