२ कार्तिक २०८३, सोमबार

अछाममा उम्मेदवार नै एमालेमा प्रवेश, देशको परिवर्तन एमालेबाट मात्रै सम्भव

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, १८ कात्तिक । अछामका स्वतन्त्र उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरे ।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताएका छन् ।

विगतमा आफ्नो लागि मत मागिरहेका उनले अब नेकपा एमालेको उम्मेदवारलाई जिताउन लागिपर्ने बताएका छन् ।