२ कार्तिक २०८३, सोमबार

म जस्तो मान्छेलाई संसदमा पुर्‍याउन मतदाता आतुर छन् : रवीन्द्र मिश्र

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रवीन्द्र मिश्रले आगामी निर्वाचनमा आफूजस्तो व्यक्तिलाई संसदमा पुर्याउन मतदाता आतुर रहेको विश्वास व्यक्त गरेका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घरदैलो कार्यक्रमा व्यस्त उनले सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

आफू जस्तो मान्छे संसदमा पुग्नै पर्छ र पुर्‍याउनै पर्छ भन्ने भावना जनतामा सर्वत्र देखिएकाले लक्ष्य अनुसारको शानदार विजय हासिल गर्नेमा आफू ढुक्क रहेको जिकिर उनको छ ।

प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं–१ मा मिश्रसँग नेकपा एमालेका किरण पौडेलले प्रतिस्पर्धा गरिरहेका छन् । यस्तै सो क्षेत्रको प्रदेश सभा (क) मा रामप्रसाद ओमगाई र (ख) मा गणेश प्रसाद दुलालले प्रतिस्पर्धा गरिरहेका छन् ।