२ कार्तिक २०८३, सोमबार

सुन लेपन गरिएको कार्टुनसहित भारतीय नागरिक पक्राउ, मलद्वारमा पनि सुन भेटियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । पहेँलो धातु सुन लेपन/पेष्ट गरिएको कार्टुनसहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय मोहम्मद कासिम छन् । दुवईबाट काठमाडौंमा आएका उनले बोकेको कार्टुनमा सुन लेपन गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त कार्टुन च्यातेर हेर्दा कार्टुनको बीचको पत्रमा सुन जस्तो देखिने पहेँलो रंगको वस्तुले लेपन गरिएको भेटिएको हो । उक्त कार्टुनको तौल अन्दाजी २ केजी ३५० ग्राम छ ।

शंकास्पद अवस्थामा पक्राउ परेका उनलाई शौच गर्न लगाउँदा निजको मलद्वारबाट टेपले बेरिएको सेतो रंगको प्लाष्टिकभित्र सुन जस्तो देखिने पहेँलो रंगको बेलनाकार बनाइएको अर्धठोस पदार्थको दुई वटा पोका समेत भेटिएको प्रहरीले जानकारी दिएको छ ।