
रुपन्देही, १७ कात्तिक । रुपन्देहीमा १८ र १९ वर्षीया दुई जना किशोरी सामुहिक बलात्कारको शिकार भएका छन् ।
कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा दुवै जना किशोरीलाई गएराति करिब २ बजेतिर किशोरीमाथि बलात्कार भएको प्रहरीले बताएको छ । बलात्कारीहरू चिनेजानेकै साथी सर्कल भएको प्रहरीको अनुमान छ ।
बलात्कार आरोपमा प्रहरीले सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सैनामैना–११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोर छन् । बाँकीको प्रहरीले खोजी गरिरहेको बताएको छ ।















प्रतिक्रिया