१ कार्तिक २०८३, आइतबार

विशाल भण्डारीको निर्देशनमा ‘कमेडी च्याम्पियन’ टीम र ओएसआरले चलचित्र बनाउँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टीमले चलचित्र निर्माण गर्ने भएको छ ।

विशाल भण्डारीको निर्देशनमा बन्ने चलचित्रको निर्मातामा ओम प्रकाश अग्रवाल रहनेछन् । यम थापाको कथामा चलचित्र बन्न लागेको हो ।

बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच यसबारे सम्झौता भएको छ । थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतीमा बन्ने चलचित्रका लागि कलाकारहरू भने तय गरिएका छैनन् । चलचित्रको नामका विषयमा पनि छलफल भइरहेको बताइएको छ ।

छिट्टै फ्लोरमा निस्कने निर्माण टीमको तयारी छ । चलचित्रको सम्पूर्ण टीम र कलाकारको केही दिनमा अफिसियल घोषणा गरिने निर्माता अग्रवालले जानकारी दिए ।

चलचित्र आगामी दशैंमा प्रदर्शन गर्ने निर्माण टीमको योजना रहेको निर्देशक भण्डारीले जानकारी दिए ।