२ कार्तिक २०८३, सोमबार

केपी ओलीको गृहजिल्ला भक्तपुर–२ मा एमालेको घरदैलो अभियान सुरू (फोटो फिचर)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १७ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला भक्तपुर क्षेत्र नं. २ को घरदैलो कार्यक्रम आजदेखि सुरू भएको छ ।

क्षेत्र नं. २ अन्तर्गत जिल्लाको मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिका गरी दुई वटा पर्दछन् । एमाले क्षेत्र नं. २ प्रचार प्रसार समितिले आजदेखि दुई वटै नगरपालिकामा घरदैलो कार्यक्रम सुरू गरेको हो ।

आज बिहान मध्यपुर थिमी नगरपालिकाको वडा नं. १ बाट एमालेका उम्मेदवारहरूले घरदैलो कार्यक्रम सुरू गरेका हुन् । क्षेत्र नं. २ को लागि एमालेको तर्फबाट पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत तथा प्रदेश ‘क’ सूर्यविनायकमा किरण थापा र ‘ख’ मध्यपुरमा चन्दनकृष्ण श्रेष्ठको उम्मेदवारी रहेको छ । उनीहरूको संयुक्त उपस्थितिमा घरदैलो कार्यक्रम सुरू गरिएको हो ।

विभिन्न प्र्रकारका झाँकीहरूसहित निस्किएको घरदैलो कार्यक्रममा स्वतःस्फूर्त रूपमा स्थानीयवासीको उल्लेख्य उपस्थिति देखिन्थ्यो । उपस्थित स्थानीयवासीले ‘महेश आउ, भक्तपुर समृद्ध बनाउन’, ‘महेश बस्नेत जिन्दावाद, नेकपा एमाले जिन्दावाद’, ‘महेश बस्नेत हाई, हाई अरुलाई बाइ बाइ’, ‘भोट फर महेश बस्नेत’, सूर्यमा भोट अरुलाई चोट, सूर्यमा भोट झ्याप झ्याप, आमा बुबा दाजु भाई भोट हालौं सूर्यलाई लगायत नाराहरू लगाएका थिए ।

कार्यक्रममा स्थानीयवासीले उम्मेदवारहरूलाई टोल–टोलमा रहेका समस्या तथा गुनासोहरू व्यक्त गरेका थिए । सो अवसरमा उम्मेदवारहरूले जनचाहना अनुसारका विकासका कार्यहरू पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य मदनसुन्दर श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, प्रदेश समानुपातीक उम्मेदवार सकुन्तला श्रेष्ठलगायतको उपस्थिति थियो ।

यस्तो छ एमाले क्षेत्र नं. २ को घरदैलो कार्यक्रम तालिका

विहान मध्यपुर र दिउँसो सूर्यविनायक नगरपालिकाभित्र घरदैलो कार्यक्रम रहेको समितिले जानकारी दिएको छ । त्यस्तै समितिले मध्यपुर क्षेत्रमा १८ गते वडा नं. २, १९ गते वडा नं. ३, २० गते वडा नं. ४, २१ गते वडा नं. ५, २२ गते वडा नं. ६, २३ गते वडा नं. ७, २४ गते वडा नं. ८ र २५ गते वडा नं. ९ घरदैलो कार्यक्रम गर्ने जनाएको छ ।

मध्यपुर क्षेत्रमा दैनिक रूपमा हुने घरदैलो कार्यक्रम विहान ७ बजेदेखी हुने समितिले जानकारी दिएको छ । त्यस्तै सूर्यविनायक क्षेत्रमा आज दुई बजे वडा नं. १ मा घरदैलो कार्यक्रम हुने बताइएको छ ।

सूर्यविनायक नगरपालिका क्षेत्रमा १८ गते वडा नं. २, १९ गते वडा नं. ३, २० गते वडा नं. ४, २१ गते वडा न.. ५, २२ गते वडा नं. ६, २३ गते वडा नं. ७, २४ गते वडा नं. ८, २५ गते वडा नं. ९ मा दिउँसो २ बजेदेखि घरदैलो हुने समितिले जानकारी दिएको छ ।

यस्तै २६ गते विहान सूनपा वडा नं. १० मा घरदैलो कार्यक्रम तय गरिएको समितिले जनाएको छ ।