
भक्तपुर, १७ कात्तिक । चाँगुनारायण नगरपालिका–६ नगरकोटकी एक महिला कात्तिक १ गते बिहानदेखि परिवारसँग सम्पर्कविहीन भएकी छिन् ।
४३ वर्षकी सञ्चमाया थोकर श्रीमानसँग माइती जान्छु भनेर कात्तिक १ गते बिहान घरबाट हिँडेकी थिइन् । तर, उनी माइतीमा त पुगिनन् नै घरमा समेत फर्केकी छैनन् ।
‘माइतीमा भएको जग्गा हेर्ने मानिस आएको छ, मलाई फोन आयो भनेर गएको हो,’ उनका श्रीमान चन्द्रबहादुर तामाङले भने । श्रीमती घरबाट हिँडेको तीन दिनपछि उनले बोकेको मोबाइलमा फोन गर्दा अफ भएपछि आफू त्रसित भएको चन्द्रबहादुरले बताए ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका फाखेल गाउँ माइती घर र आफन्त सबैकोमा बुझिसके पनि श्रीमती पत्ता नलागेको चन्द्रबहादुरले बताए । आफूले श्रीमतीको खोजी गरिदिन जिल्ला प्रहरी परिसर भक्तपुरमा निवेदन दिएको उनले बताएका छन् ।
कोही कसैले तस्वीरमा उल्लेखित महिला देखेमा नजिकैको प्रहरी कार्यालयमा परिवारको सम्पर्क नं. ९८४८७७७८२९ मा खबर गरिदिन पनि उनले आग्रह गरेका छन् ।















प्रतिक्रिया