३ मंसिर २०८३, बिहिबार

५ दलीय सत्ता गठबन्धनले चुनाव जिते देश अस्थिरतामा र भ्रष्टाचारको दलदलमा फस्छः कमल थापा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १६ कात्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ४ मंसिरमा हुने आम निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनले चुनाव जिते देश अस्थिरतामा र भ्रष्टाचारको दलदलमा फस्ने बताएका छन् ।

नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका थापाले पाँच दलीय गठबन्धन सत्तामा पुग्न र कुर्सिमा बस्न विदेशीसँग सहयोग मागिरहेको समेत बताए ।

बुधबार नेकपा एमाले निर्वाचन परिचालन कमिटी, हेटौंडा-५ ले गरेको जनसंगठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राष्ट्रवादी पार्टी एमालेलाई नजिताए मुलुकको अर्थतन्त्र टाट पल्टिएर श्रीलंकको अवस्थामा पुग्ने दाबी गरे ।

थापाले आगामी मंसिर ४ गतेको निर्वाचन राष्ट्रवादी पार्टी एमाले र विदेशीहरुले खडा गरिएको गठबन्धनको अराजकता र कठपुतली सरकारबीच प्रतिस्पर्धा भएको बताउँदै राष्ट्रवादी पार्टी एमालेका उम्मेदवारलाई जिताउन अनुरोध गरे ।