२ कार्तिक २०८३, सोमबार

केही नेताले विरोध गरे पनि एमाले नेतृत्व सरकारको विश्वले प्रशंसा गरेको थियो : ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्व सरकारको विश्वले प्रशंसा गरेको बताएका छन् ।

चुनावी घोषणापत्र सार्वजनिक गरेपछि भएको ‘लाइभ डिबेट’मा ओलीले नेपालका केही राजनीति दल र नेताहरूले विरोध र असहयोग गरे पनि विश्वले आफ्नो नेतृत्वको सरकारलाई राम्रो भनेर प्रशंसा गरेको बताएका हुन् ।

लाइभ डिवेटमा ओलीले २०७४ को चुनावपछि एमालेको सरकार बनाउन नदिन सुरूमै गम्भीर षडयन्त्र भएको धारणा व्यक्त गरेका छन् ।

‘पार्टी एकताको समेत कुरा गरेर, संयुक्त घोषणापत्र बनाएर हामी निर्वाचनमा गएका थियौँ । त्यस अनुसार जनमत पनि प्राप्त भएको थियो, तर परिणाम आएको भोलिपल्टैदेखि सहयात्री दल अर्को दलसँग सहकार्य गरेर सरकार बनाउने पहलमा उत्रियो,’ ओलीले भने, ‘फलस्वरूप नतिजा आएको महिनौँसम्म पनि नयाँ सरकार बन्न सकेको थिएन ।’