
काठमाडौं, १५ कात्तिक । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत डेन रिचार्ड थम्पसनबीच जङ्गी अड्डामा भेटघाट भएको छ ।
प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
यस्तो भेटघाटले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वाटस नेपाली सेनाले लिएको छ ।















प्रतिक्रिया