२ कार्तिक २०८३, सोमबार

चाडपर्वपछि पनि बीओकेको २५ प्रतिशतसम्मको क्यासब्याक योजना यथावत्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) ले दसैँ, तिहार, नेपाल सम्वत् तथा छठको अवसरमा ल्याएको २५ प्रतिशत सम्मको क्यासब्याक योजना चाडपर्व पश्चात् पनि जारी राखेको छ ।

बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशत सम्मको नगद फिर्ता पाउन सक्नेछन् ।

बैंकका अनुसार यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नेले नगद फिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा रू. १५० सम्मको नगद फिर्ता पाउनेछन् ।

यस नगद फिर्ता योजना यही २०७९ साल कार्तिक १५ गते मंगलबारबाट २०७९ साल कार्तिक ३० गते बुधबारसम्म रहनेछ । ग्राहकहरूलाई विद्युतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरूमा मात्र नभई बैंकले चाडपर्व पश्चात् पनि २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको बैंकले जनाएको छ ।

विद्युतीय कारोबारमा बैंकको ग्राहक महानुभावलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ई–कमर्श प्लेटफर्म, होटेल तथा रेस्टुरेन्टहरू, फिटनेस सेन्टरहरू, स्टोरहरू, अस्पतालहरू, स्वास्थ्य क्लिनिकहरू, इन्स्टिच्युटहरूमा छुट प्रदान गरिरहेको र भविष्यमा पनि विभिन्न नगद फिर्ता तथा छुटको योजनाहरू ल्याई ग्राहकलाई लाभान्वित बनाउन बैंक प्रतिवद्ध रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ वटा शाखा कार्यालय, ९८ वटा एटीएम र १० वटा एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको पनि जनाएको छ ।