
तनहुँ, १४ कात्तिक । तनहुँको निर्वाचन क्षेत्र नं. २ (क) मा गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका नेकपा एसका सचिव दुर्गाकुमार श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार श्यामराजा महतलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेको बताएका छन् । गठबन्धन दलहरूबीच भागवण्डा हुँदा तनहुँ–१ (क) मा नेकपा एसले उम्मेदवारी नपाएपछि असन्तुष्टि जनाउँदै उनले गठबन्धनविरुद्ध नै बागी उम्मेदवारी दिएका थिए ।
आफ्नो उम्मेद वारी निष्क्रिय पारेसँगै उनले प्रतिनिधिसभामा एमालेका उम्मेदवार किरण गुरुङ र प्रदेशसभा (क) मा एमालेकै महतलाई जिताउन सार्वजनिक आह्वान समेत गरेका छन् । उनले आफ्नो उम्मेदवारी नरहेको स्पष्ट पारेका छन् ।
नेपालका कम्युनिष्टहरू कांग्रेसको पछि लागेर हिँडेकोमा पहिल्यैदेखि उनको असन्तुष्टि रहँदै आएको थियो । पछि सीट बाँडफाँटमा आफ्नो पार्टी उम्मेदवारबिहीन बनेपछि उनले आफ्नो पार्टी र गठबन्धनभित्रै विद्रोह गरेका हुन् ।
उनको समर्थनसँगै तनहुँमा नेकपा एमाले थप बलियो अवस्थामा पुगेको छ ।
हेर्नुहोस् विज्ञप्ति–
















प्रतिक्रिया