२ कार्तिक २०८३, सोमबार

नेकपा एसको प्रतिबद्धता : गठबन्धनको विरोध र खर्चिलो निर्वाचन प्रणाली सुधार्ने कोसिस गर्छौं (पूर्णपाठ)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आज सोमबार बानेश्वरस्थित पार्टी कार्यालयमा एक कार्यक्रम आयोजना गरी घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा उनीहरूले अहिलेको खर्चिलो निर्वाचन प्रणालीलाई सुधार्ने कोसिस गर्ने उल्लेख गरेका छन् ।

‘निर्वाचन प्रणालीमा सुधार अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो समेत छ,’ घोषणापत्रमा भनिएको छ, ‘यो मूलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ ।’

कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको नेकपा एसको ठहर छ । नेकपा एस अहिले आफ्नो अस्तित्व रक्षाका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ । उसैको घोषणापत्रमा आगामी दिनमा गठबन्धनको वातावरण विथोल्ने प्रतिबद्धता जाहेर गरिएको छ ।

यस्तै सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थलहरूको विकासलाई पनि नेकपा एसले प्राथमिकता दिएको छ ।

हेर्नुहोस् पूर्णपाठ–