३ मंसिर २०८३, बिहिबार

कांग्रेस प्रदेश सभापति बानियाँलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १४ कात्तिक । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं नेपाली कांग्रेसको तर्फबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का उम्मेदवार इन्द्रबहादुर बानीयाँलाई आफ्नै कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।

आइतबार मनहरी गाउँपालिका वडा नम्बर १ को मानव धर्म आश्रममा देउसी भैलो कार्यक्रमको नाउँमा गठबन्धनको कार्यक्रममा सहभागि हुन पुगेका बानीयाँलाई कालो झण्डा देखाइएको नेपाली कांग्रेसका कांग्रेस क्रियाशील विशाल उप्रेतीले बताए ।

‘सांसद भएपछि काम नगर्ने, झुटको खेति मात्र गर्ने, जनतालाई सधै झुटको बाचा गर्ने र पुनः यो गर्छु र त्यो गर्छु भन्दै चुनावमा भोट माग्न आएको कारण हामीले आज बानीयाँलाई कालोझण्डा देखाएका हौँ ।’ उप्रेतीले भने ।

उप्रेतीका अनुसार बानीयाँलाई दर्जन बढी क्रियाशिल सदस्यहरुले कालोझण्डा देखाएका हुन् । बानीयाँ यसअघि २०७४ मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।