१ कार्तिक २०८३, आइतबार

कोरियापछि कङ्गोमा अर्को भागदौड, आठ जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

किन्सासा, १३ कात्तिक । दक्षिण कोरियामा भागदौड मच्चिदा १५१ जनाको एकैचिहान भएकामा विश्व समुदाय स्तब्ध भएका बेला एउटा साङ्गीतिक कार्यक्रममा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पनि त्यस्तै प्रकृतिको घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

यहाँको मार्टर्स रङ्गशालामा कङ्गोका गायक फाली इपुपाको साङ्गीतिक कार्यक्रमका क्रममा भएको भागदौडमा एक प्रहरीसहित आठ जनाको मृत्यु भएको किन्सासाका प्रहरी प्रमुख जनरल सिल्भेन कासोन्गोले बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार ८० हजार सीट क्षमता भएको रङ्गशाला पूर्ण खचाखच भरिएको थियो ।