२ कार्तिक २०८३, सोमबार

मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १३ कात्तिक । मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन भोलि सोमबार सार्वजनिक बिदा दिएको छ ।

सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए ।