२ कार्तिक २०८३, सोमबार

फूलबारी शान्तिपथ टोलविकास संस्थाको अध्यक्षमा दयासागर, सचिवमा अनुराग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १३ कात्तिक । फूलबारी शान्तिपथ टोल विकास संस्था, पोखरा– १२ को आठौं अधिवेशन तथा १६औं साधारण सभाबाट दयासागर लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

संस्थाको उपाध्यक्षमा पदम भण्डारी, सचिवमा अनुराग अधिकारी, सहसचिवमा प्रेमप्रसाद श्रेष्ठ र कोषाध्यक्ष बुद्धिप्रसाद सुवेदी चयन भएका छन् ।

यस्तै सदस्यहरूमापदमप्रसाद गौतम, रविन्द्रराज पौडेल, श्रीप्रसाद कोइराला, पदम रेग्मी, मनु नेपाली, देवी शाही ठकुरी, डिलमाया गुरुङ, मनिराज श्रेष्ठ चयन भएका छन् ।

संस्थाका अध्यक्ष पुण्यप्रसाद लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले संस्था स्थापना भएदेखि विभिन्न उतारचढाव भोग्दै संस्थालाई यहाँसम्म ल्याइपुर्याएको बताए ।

कार्यक्रममा संस्थामा विशेष योगदान दिने २४ जनालाई सम्मान गरिएको थियो । टोल सदस्य एवम् बाटो निर्माण समितिका संयोजक पदम भण्डारीले स्वागत मन्तव्य राखेका कार्यक्रममा कोषाध्यक्ष हितमान गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन अनुराग अधिकारीले गरेका थिए ।