
काठमाडौं, १३ कात्तिक । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) पार्टीले भोलि निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सनर्वाचनका लागि तयार पारिएको घोषणापत्र भोलि सार्वजनिक गर्न लागिएको दुवै पार्टीले जानकारी दिएको छ ।
भोलि सोमबार दिउँसो तीन बजे माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडा र नेकपा एसले बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन् ।















प्रतिक्रिया