
काठमाडौं, १३ कात्तिक । भारतको नयाँ दिल्लीका लागि उडान गर्न ठिक्क परेको नेपाल वायु सेवा निगमको विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकेको छ ।
२५४ जना यात्रु लिएर भारतको नयाँ दिल्ली उड्न लागेको आरए–२१७ वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकेको हो । आज आइतबार उडान तालिका नभएकाले विमान रोकिदिएको अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।
तालिका नभए पनि उडान गर्न तयार पारेर जाँच गरिरहेको अवस्थामा उडान रोकिएको बताइएको छ । बोर्डिङ पास लिएर विमानस्थलमा छिरिसकेका यात्रुले नाराबाजीसमेत गरेको बताइएको छ ।















प्रतिक्रिया