
काठमाडौं, १३ कात्तिक । सुनको मूल्य आज एकैदिन तोलामा एक हजार रुपैयाँले घटेको छ ।
तिहार बिदापछि कारोबार भएको पहिलो दिन आज सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ तोकिएको छ । यसअघि गएको ७ गते सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया