
काठमाडौं, १३ कात्तिक । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
तिहारको बिदा पछि खुलेको बजारमा सुनचाँदीको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी तोलामा १५ रुपैयाँ घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया