२ कार्तिक २०८३, सोमबार

हजुरआमा र काकीको हत्या गरेर जेल परेकाले निस्केलगत्तै साथीको पनि गरे हत्या

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । हजुरआमा र काकीको हत्या गरेर जेल गएका एक व्यक्ति जेलबाट निस्किएको डेढ महिनामै फेरि अर्को हत्या गरेर जेल गएका छन् ।

पटक–पटक हत्या गरेर पुनः जेल जाने व्यक्ति हुन् नवलपुरको गैंडाकोट–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाल । उनी संविधान दिवसको दिन कैदीको असल चालचलन र मुद्दाको प्रकृति हेरेर राष्ट्रपतिले आममाफी र कैद मिनाहा गर्ने परम्पराअनुसार गत असोजमा उनी जेलमुक्त भएका थिए ।

आममाफी पाएर कैदमुक्त भएपछि कुमाल जेलमै चिनजान भएका जीवन नेपालीसँग उनकै डेरा माडीमा बस्दै आएका थिए । जीवनले उनलाई काम पनि लगाइदिए । गएको शुक्रबार दुवैजना बसेर मदिरा सेवन गरेपछि उनीहरुबीच सामान्य विवाद भएको थियो ।

विवादपछि कुमालले राति साथी जीवनको घाँटी रेटेर हत्या गरे । त्यतिमात्रै होइन उनले छिमेकमा बस्ने एक महिलालाई समेत आक्रमण गरी उनले लगाएको गहना लुछेर भागे । प्रहरीले उनलाई पक्राउ गरेर फेरि जेल चलान गरेको छ ।