२ कार्तिक २०८३, सोमबार

प्रत्यक्षतर्फ दुई करोड ३६ लाख ८० हजार मतपत्र छपाइ सकियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)का लागि दुई करोड ३६ लाख ८० हजार ५०० थान मतपत्र छापिसकिएको जनाएको छ ।

त्यसमध्ये प्रतिनिधि सभातर्फ एक करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छापिएका छन् ।

आयोगले कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी गरिने जानकारी पनि दिएको छ ।

यसैगरी यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुनेछ । साथै यी जिल्लामा अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि ढुवानी हुने आयोगको भनाइ छ ।