२ कार्तिक २०८३, सोमबार

दुईपाङ्ग्रे सवारी साधनमा बालबालिका नचढाउन ट्राफिक प्रहरीको अनुरोध

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । ट्राफिक प्रहरीले दुईपाङ्ग्रे सवारी साधन (मोटरसाइकल तथा स्कुटर)मा बालबालिकालाई नचढाउन अनुरोध गरेको छ ।

दुईपाङ्ग्रे सवारी साधनमा साना बाल–बालिकालाई असुरक्षित भएको भन्दै प्रहरीले सुरक्षित तवरबाट मात्रै चढाउन सम्बन्धित चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको हो ।

तीव्र गतिमा गुडेका दुईपाङ्ग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरु उल्लेख्य रुपमा दुर्घटनाको शिकार हुने क्रम बढ्दो रुपमा रहेकाले दुर्घटना न्युनीकरणका लागि अनुरोध गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता अवदेश बिष्ट क्षेत्रिले बताए ।

सुरक्षित तवरले सवारी साधन सञ्चालन गर्दै दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा गरेको पनि उनले बताएका छन् ।