३ मंसिर २०८३, बिहिबार

दार्चुलामा भारतले विष्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर नेपाली बालकको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, १२ कात्तिक । दार्चुलामा भारतीय पक्षले सडक निर्माणका लागि विस्फोट गर्दा ढुंगा लागेर एक नेपाली बालकको मृत्यु भएको छ ।

शुक्रबार चट्टान फुटाउन प्रयोग गरिएको विष्फोटबाट उछुट्टिएको ढुङ्गा लागेर व्याँस गाउँपालिका—२ दुम्लिङका ९ वर्षीय पवन महराको मृत्यु भएको वडाध्यक्ष धिरनसिह बुढाथोकीले जानकारी दिए ।

ढुङ्गा लागेर टाउकोमा गम्भीर चोट लागेका पवनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार  शुक्रबार बुवा हिक्मत महराका साथमा छोरा पवन र छोरी सरिना व्याँसकै तम्बाकु क्षेत्रबाट दुम्लिङस्थित घरतर्फ आइरहेका थिए ।

भारतीय पक्षले कुनै जानकारी नदिई विस्फोट गराउँदा सो घटना भएको बताइएको छ ।