२ कार्तिक २०८३, सोमबार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खाता अब के होला ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले सामाजिक सञ्जाल ट्विटर किनेसँगै यसअघि ट्विटरले बन्द गरिदिएको अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खाता मस्कले पुनः सञ्चालन गराउँछन् या गराउँदैनन् भन्नेबारे चासो बढेको छ ।

विवादास्पद ट्विट गरेको भन्दै ट्विटरले अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पको ट्विटर खाता बन्द गरिदिएको थियो ।

विद्युतीय गाडी टेस्ला र अन्तरीक्षयान निर्माता स्पेस एक्स कम्पनीका मालिक मस्कले ५४.२० डलर प्रतिसेयर मूल्यमा कुल ४४ बिलियन डलर अर्थात् अहिलेको विनिमय दरअनुसार ५३ खर्ब ६८ अर्ब तिरेर ट्विटर किनेका हुन् ।

मस्कले ट्विटरका सीईओ पराग अग्रवाल र चिफ फाइनान्सियल अफिसर नेड सेगललाई बर्खास्त गरेका छन् । हरेक दिन २० करोडभन्दा बढी मानिसहरूले प्रयोग गर्ने माइक्रोब्लगिङ साइट, ट्विटर मस्कको हातमा परेपछि उनले अब यसलाई कस्तो आकार दिनेछन् भन्नेमा सबैको चासो छ ।