२ कार्तिक २०८३, सोमबार

कांग्रेस महामन्त्री गगन थापालाई आयोगले फेरि सोध्यो स्पष्टीकरण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभाका लागि काठमाडौं निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार गगनकुमार थापालाई निर्वाचन आयोगले फेरि स्पष्टीकरण सोधेको छ ।

आयोगले कात्तिक ८ गते डेंगुविरुद्ध अभियान किन चलाएको भननेर स्पष्टीकरण सोधेको थियो । तर, थापाले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै अझै पनि त्यस्तो अभियान चलाउने हो भन्दै वक्तव्य दिएका थिए ।

सोही वक्तव्यको श्रव्य दृश्य सामग्री आयोगमा प्राप्त भएकाले एउटै विषयमा दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।