२ कार्तिक २०८३, सोमबार

देश विकासको सवाल छ, इमान्दारीपूर्वक एमालेका उम्मेदवारलाई जिताउनुपर्छ : लिङ्देन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ११ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले इमान्दारीपूर्वक नेकपा एमालेका उम्मेदवारहरू जिताउन राप्रपाका नेता–कार्यकर्ता लाग्नुपर्ने बताएका छन् ।

झापाको भद्रपुरमा आज नेकपा (एमाले) र राप्रपाको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले एमालेसँग देशको विकास र राष्ट्रियताको पक्षमा सहकार्य गरेकाले इमान्दारीपूर्वका एमालेका उम्मेदवारलाई विजयी गराउन राप्रपाका सम्पूर्ण कार्यकतालाई निर्देशन समेत दिएका छन् ।

देशलाई अफ्ठ्यारो परेका बेला एमाले र राप्रपाको सहकार्य हुने गरेको र आफू एमालेको साथमा रहने गरेको बताउँदै अध्यक्ष लिङदेनले भने, ‘एमाले यो राष्ट्रको राष्ट्रवादी र विकासवादी पार्टी हो, राष्ट्रियता र विकासको सवाल राप्रपाको पनि प्रमुख कुरा हो, त्यसका लागि हामीले एमालेसँग चुनावी सहकार्य गरेका छौँ, यसर्थ हामी इमानदारपूर्व लागौँ र एमालेका उम्मेदवारलाई विजयी गराऔँ, यहाँ देश विकासको सवाल छ ।’

यसअघि पनि एमालेको सहयोगमा नै प्रतिनिधिसभामा विजयी बनेका लिङ्देनलाई यो पटक पनि एमालेकै साथ रहेको छ ।