
काठमाडौं, ११ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा निर्वाचन आयोगले निर्वाचन सामग्री ढुवानीलाई तीव्र पारेको छ ।
विभिन्न जिल्लामा निर्वाचन सामग्री पठाउन गाडीमा लोड गर्दे गरिएका तस्वीरहरू शुक्रबार आयोगले सार्वजनिक गरेको छ । शुक्रबारदेखि आयोगले मतपेटिका, स्वस्तिक छापलगायत विभिन्न ५७ प्रकारका निर्वाचन सामग्री ढुवानी सुरु गरेको पनि जनाएको छ ।
सुरूमा आयोगले सुदूरपश्चिम, कर्णाली र प्रदेश नं १ का बिकट जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी गर्ने जानकारी दिएको छ ।
आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि विभिन्न जिल्लामा निर्वाचन सामग्री पठाउन गाडीमा लोड गर्दै आयोगका कर्मचारीलगायत कामदार ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि विभिन्न जिल्लामा निर्वाचन सामग्री पठाउन गाडीमा लोड गर्दै आयोगका कर्मचारीलगायत कामदार ।

आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि विभिन्न जिल्लामा निर्वाचन सामग्री पठाउन गाडीमा लोड गर्दै आयोगका कर्मचारीलगायत कामदार । तस्वीरहरू : रासस















प्रतिक्रिया