१ कार्तिक २०८३, आइतबार

दक्षिण कोरियामा एकैदिन थपिए ३५ हजार जना कोरोना सङ्क्रमित, ३१ जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोल (दक्षिण कोरिया), ११ कात्तिक । दक्षिण कोरियामा पछिल्लो २४ घण्टा अर्थात् बिहीबार मध्यरातसम्म कोरोना भाइरसका ३५ हजार ९२४ जना नयाँ सङ्क्रमित देखिएका छन् ।

यसैसँगै सङ्क्रमितको कुल संख्या २ करोड ५४ लाख ६६ हजार ९९२ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।

बिहीबार मध्यरातसम्म ६९ हजार ५३९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो अवधिमा थप ३१ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।

यसैसँगै दक्षिण कोरियामा कोरोना शुरु भएदेखि हालसम्म २९ हजार १०० व्यक्तिको मृत्य्ु भएको छ । यहाँ कुल मृत्यु दर ०.११ प्रतिशत थियो ।