२ कार्तिक २०८३, सोमबार

राप्रपा र जसपासँग मिलेर एमालेले सरकार बनाउँदैछ : केपी ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ११ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को चुनावपछि देशमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

निर्वाचनमा चुनावी तालमेल गरेका दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)सँगको सहकार्यमा आगामी सरकार बन्ने ओलीले बताएका हुन् । निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याए पनि सहयात्री दलहरुको साथ नछोड्ने ओलीको भनाइ छ ।

गृहजिल्ला झापाको क्षेत्र नम्बर ३ मा आयोजित चुनावी कार्यक्रममा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट माग्दै भने, ‘एमालेसँग सहकार्य गरेका दलहरूलाई हामी एक्लै छोड्दैनौँ, सरकारमा सामेल गराउँछौँ । एमालेका साथमा रहेकाहरु राष्ट्रिय पार्टी बन्ने र सरकारमा समेत सहभागी हुनेछन् ।’

एमालेसँग सहकार्य गरेका कारण राप्रपा राष्ट्रिय दल बन्ने समेत ओलीले बताए । उनका अनुसार कांग्रेस केही समयका लागि राष्ट्रिय दल बने पनि बिलाएर जाने र माधव नेपालले नेतृत्व गरेको दल नेकपा एसको कन्तबिजोक हुने छ ।

यस्तै, ओलीले एमालेसँग तालमेल गरेको अर्को पार्टी जसपा पनि राष्ट्रिय पार्टीको रुपमा कायम रहने बताएका छन् ।