२ कार्तिक २०८३, सोमबार

मिथिलाञ्चलमा मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि तीव्र (भिडिओ)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरू गरिएको छ ।

तराईका जिल्लाहरूमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ । काठमाडौंको गौरीघाटमा छठी माताको पूजाका लागि छठघाट निर्माणको काम भइरहेको छ ।

छठ पूजा समिति कार्यालयको स्थापना गरेर त्यसको निर्माण कार्यलाई तीव्रता दिइएको हो । त्यस्तै यस वर्ष काठमाडौंको कमलपोखरीमा पनि भव्य रुपमा छठ पर्व मनाउने तयारी गरिएको छ ।

पहाडी जिल्लाहरूका कतिपय नदी किनारा र पोखरीहरूमा पनि छठ मनाउने गरी तयारी थालिएको छ । चार दिनसम्म विशेष रूपमा मनाइने यो पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरू हुन्छ ।

व्रतालुहरूले पर्व सुरू हुन एक दिनअघि नै उसिनिएको धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यवस्तुहरू नखाने चलन छ । यो विधिलाई ‘अरबा–अरबाइन’ भनिन्छ ।

‘अरबा–अरबाइन’ गरेका व्रतालुहरूले चौथी तिथिमा ‘नहाय–खाय’ र पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्दछ ।

पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ ।