१ कार्तिक २०८३, आइतबार

चिनियाँ र रुसी विदेशमन्त्रीबीच फोनवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ (चीन), ११ कात्तिक । चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनवार्ता भएको छ ।

उनीहरूका बीचमा बिहीबार फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

हालैमात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई बधाई सन्देश पठाएका थिए । चिनियाँ राष्ट्रपति चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चयन भएकामा सो बधाई सन्देश पठाएका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ नेसनल कंग्रेसबाट चिनियाँ राष्ट्रपति चिनफिङ सो पार्टीको महासचिवमा पुनः चयन भएका हुन् । सो वार्ताका क्रममा विदेशमन्त्री लाभरोभले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चयन हुनुभएकामा राष्ट्रपति चिनिफिङ तथा सो पार्टीको पोलिटब्युरो सदस्यमा चयन भएकामा विदेशमन्त्री वाङलाई बधाई दिएका थिए ।

त्यस क्रममा विदेशमन्त्री वाङले चीन र रुसबीचको सम्बन्धलाई थप बलियो र गाढा बनाउनेतर्फ आगामी दिनमा चीन लाग्ने बताएका छन् । फोनवार्ताका क्रममा उनीहरूका बीचमा दुई देशबीचको आपसी हित र सम्बन्धको साझेदारीका विभिन्न विषयमा पनि कुराकानी भएको बताइएको छ ।