३ मंसिर २०८३, बिहिबार

आजदेखि एमाले अध्यक्ष ओली चार दिन झापामा व्यस्त हुने, १४ गते काठमाडौं फर्कने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजदेखि चार दिनसम्म झापामा व्यस्त रहने भएका छन् ।

आगामी निर्वाचनको तयारीका लागि अध्यक्ष ओली चार दिनसम्म जिल्लामा रहने एमाले झापाले जनाएको छ ।

आफनो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानीय तहमा आयोजना हुने कार्यक्रममा ओलीले सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

आज निर्वाचन क्षेत्र नम्बर ५ को दमकमा दुईवटा भेटघाट तथा भेला राखिएको छ । अपरान्ह ४ बजे दमकको क्याम्पस मोडमा रहेको पशुपति मन्दिरमा वडा नम्बर ६ र ७ का मतदातासँग अन्तरक्रिया र सम्बोधन गर्ने बताइएको छ ।

१४ कात्तिक सोमबार बिहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।