
काठमाडौं, ११ कात्तिक । विश्वका सर्वाधिक धनी व्यक्ति तथा टेस्ला कम्पनीका संस्थापक एलन मस्क चर्चित सामाजिक सञ्जाल ट्वीटरको मालिक बनेका छन् ।
मस्कले ट्वीटरको स्वामित्व लिएसँगै ट्वीटरका सीईओ पराग अग्रवाल र चिफ फाइनान्स अफिसर नेड सेगलले कम्पनीको सान फ्रान्सिस्को मुख्यालय छोडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मस्कले शुक्रबार ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किन्ने सम्झौता गरेको बताइएको छ ।















प्रतिक्रिया