
जनकपुरधाम १० कात्तिक । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा आज ‘भातृद्वितीय’ पर्व मनाइँदै छ ।
यो पर्व पहाडी समुदायमा मनाइने भाइटीका जस्तै हो । दिदीबहिनी र दाजुभाइको मायाको प्रतीक यो पर्वलाई भरदुतिया समेत भन्ने गरिन्छ ।
यस दिन दाजुभाइ आफ्ना दिदीबहिनीकहाँ गई न्यौत अर्थात् नाता लिने गर्छन् । दाजुभाइ दिदीबहिनीको घर जाने क्रममा मिठाई, फलफूल र लुगा लिएर जाने चलन छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका र माला लगाइदिँदै न्यौत लिने गर्छन् । यो न्यौत लिनका लागि आफ्नो आँगनमा विशेष किसिमको चित्र कोर्ने गरिन्छ । जसलाई चौका भन्ने गरिन्छ ।
यो पर्व सकिनेबित्तिकै मिथिला क्षेत्रमा छठ पर्वको तयारी शुरु हुन्छ ।















प्रतिक्रिया