२ कार्तिक २०८३, सोमबार

तिहारको मुख्य र अन्तिम दिन आज भाइटीका लगाइँदै, ११ः३७ बजेको साइत उत्तम

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य र अन्तिम दिन आज भाइटीका लगाइँदैछ ।

प्रत्येक वर्ष कात्र्तिक शुक्ल द्वितीयाका दिन मनाइने यो पर्वमा दाजुभाइले दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका ग्रहण गर्दछन् । जस अनुसार दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने प्रचलन छ ।

यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् । आज दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने मान्यता रहिआएको छ ।

भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार यो वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने छ ।

यसो गरेमा वृश्चिक राशीमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्ने समितिको भनाइ छ ।