
मकवानपुर, ९ कात्तिक । मकवानपुरको हेटौंडा उप–महानगरपालिका–१७ मा बसको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।
बुधबार दिउँसो हेटौंडा–धरान–चतरा सडक खण्डअन्तर्गत हेटौंडा–१७ कठायत चोकमा दुर्घटना भएको हो । दुर्घटनामा हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ४ ख ४०२२ नम्बरको बसले ठक्कर दिँदा स्थानीय अन्दाजी ४२ वर्षीय सोम गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका गोलेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।















प्रतिक्रिया