२ कार्तिक २०८३, सोमबार

नेपाल सम्वतको प्रयोगलाई थप व्यापकता दिन आवश्यक : प्रधानमन्त्री देउवा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक सम्वतका रूपमा रहेको नेपाल सम्वतको प्रयोगलाई आगामी दिनमा थप व्यापकता दिन आवश्यक रहेको बताएका छन् ।

नेपाल सम्वत् ११४३ को अवसरमा नेपाल सम्वत् न्हूदँ राष्ट्रिय समारोह समितिले बुधबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले धर्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्न रूपमा जोडिएको नेपाल सम्वतको जगेर्ना गर्दै यसको महत्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले व्यक्तिगतभन्दा सामूहिक र दलगत हितभन्दा माथि उठेर राष्ट्रिय हितलाई आत्मसात् गरी अघि बढ्नसके मात्र राष्ट्रिय अभीष्ट पूरा हुन सक्ने विश्वास व्यक्त गरे । उहाँले २०४६ र २०६२/०६३ को जनआन्दोलनको सफलतासँगै नेपाल सम्वतले राष्ट्रिय मान्यता प्राप्त गरेपश्चात् पछिल्लो समय यसको प्रयोगले व्यापकता लिँदै गएको समेत बताएका छन् ।

नेपाल सम्वतका प्रवर्तक शङ्खधर साख्वाःले ११४३ पूर्व जनताको ऋण मोचन गरी यो सम्वत् प्रचलनमा ल्याएका थिए । नेपाल सम्वत् १९२९ मा यो सम्वतलाई राष्ट्रिय सम्वतको औपचारिक मान्यता प्रदान गरी घोषणा गरिएको थियो ।