२ कार्तिक २०८३, सोमबार

लमजुङको गहते गाउँमा नयाँ मुखिया चयन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ९ कात्तिक । लमजुङको गहते गाउँमा नयाँ मुखियाका चयन भएका छन् ।

नयाँ मुखियाका रूपमा ५५ वर्षका पालबहादुर गुरुङ चयन भएका छन् । गहते गाउँमा अहिलेसम्म पनि परम्परागत रुपमा नै मुखिया रहने प्रचलन कायम छ ।

गाउँलाई व्यवस्थित रूपमा सञ्चालन गर्न, सभ्य, सुन्दर र व्यवस्थित रुपमा सञ्चालन गर्न मुखिया राख्ने प्रचलन रही आएको छ ।

गाउँका मुखियाको नेतृत्वमा परम्परागत कला, संस्कार, संस्कृति, रीतिरिवाजका काम अघि बढाइने परम्परा यो गाउँमा छ ।

जस अनुसार सोमबार बसेको गहते गाउँसभाले ५५ वर्षीय पालबहादुर गुरुङलाई मुखियामा चुनेको हो । गाउँमा हुने अधिकांश कामकाजमा मुखियाको उपस्थिति अनिवार्यप्रायः हुने गरेको बताइएको छ ।