बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

माओवादी विचार र सिद्धान्तबाट विचलित भएपछि दोलखाका ओलीले छोडे पार्टी

ओली र खड्का एमालेमा प्रवेश

दैनिक नेपाल २०७९ कार्तिक ८ गते २०:१३

काठमाडौं, ८ कात्तिक । माओवादी पार्टी आफ्नो विचार र सिद्धान्तबाट विचलित भएको भन्दै अखिल क्रान्तिकारी दोलखाका कोषाध्यक्ष बालकृष्ण ओलीले पार्टी छोडेका छन् ।

माओवादी छोडेका उनी सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा देउसी–भैलो कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् ।

साथै सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी बिगु गाउँपालिका अध्यक्ष किरण खड्का पनि एमालेमा प्रवेश गरेका छन् ।

उनीहरूलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्रीद्वय आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङ तथा पोलिटव्युरो सदस्य ईश्वरी रिजाललगायत नेताहरूले संयुक्त रूपमा पार्टीमा स्वागत गरे ।

माओवादी र राप्रपा परित्याग गरी एमाले प्रवेश गरेका ओली र खड्कालाई स्वागत गर्दै दोलखाका नेताहरू ।

प्रतिक्रिया
सम्बन्धित