१ कार्तिक २०८३, आइतबार

मेलिना र साक्थिमको ‘धरान शहर’को छायाँकन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । पूर्वको चर्चित शहर धरानको वर्णन गर्दै तयार पारिएको पूर्वेली लोक जुहारी गीत ‘धरान शहर’को छायाँकन धरानसँगै नाम्जे, भेडेटार र पाथीभरा मन्दिर क्षेत्रमा गरिएको छ ।

युमन सोदेम्बा लिम्बु, रेखा फागो, बादल चेम्जोङ्ग र सुमन खेवासँगै गरिमा डान्स सेन्टरका कलाकारहरूको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन देवजंग थापाले गरेका छन् ।

मिडिया कनेक्सनका लागि प्रकाश आङ्बुहाङको निर्माण रहेको उक्त गीतमा चर्चित गायिका मेलिना राईसँगै साक्थिम योङ्गयाको युगल स्वर छ । विष्णु खजुमको सरल शब्दमा गायक साक्थिम योङ्गयाले नै संगीत तयार गरेका हुन् ।

मिडिया कनेक्सनको निर्माणमा तथा साक्थिम योङ्गयाको संगीतमा राजेश पायल राई, शुबानी मोक्तानलगायत अन्य चर्चित गायक–गायिकाहरूको स्वरमा समेत धमाधम गीत रेकर्ड भइरहेको र क्रमशः म्युजिक भिडिओसहित सार्वजनिक गर्दै जाने निर्माता प्रकाश आङ्बुहाङले बताए ।