काठमाडौं, ८ कात्तिक । कुकुरलाई टोक्ने एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
कुकुरले मानिसलाई टोकेको त हामीले देख्दै र सुन्दै आएका हौँ । तर, मानिसले कुकुर टोकेको भन्दा अचम्म लाग्न सक्छ ।
यो वास्तविक घटना हो जमर्नीको । ३५ वर्षीया महिला र २९ वर्षका पुरुष झगडा गरिरहेको ठाउँमा विवाद मिलाउन तालिमप्राप्त कुकुरसहित पुगेको थियो । तर, प्रहरी टोलीमाथि नै उनीहरुले आक्रमण गरेर भाग्ने प्रयास गरेका थिए ।
प्रहरीबाट भागेका पुरुषलाई प्रहरीको कुकुरले पकडमा लिएको थियो । कुकुरले पकडमा लिएपछि ती पुरुषले उम्कनका लागि कुकुरलाई नै टोकेका हुन् । उनको टोकाइबाट कुकुरलाई चोट भने नलागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अन्ततः प्रहरीले कुकुरलाई टोक्ने ती पुरुषसहित ३५ वर्षीया महिला र अर्का एक जनालाई पनि पक्राउ गरेर जेल चलान गरेको बताइएको छ ।















प्रतिक्रिया