९ मंसिर २०८३, बुधबार

एमालेको चुनावी अभियान दार्चुलाबाट सुरु गरिने, अध्यक्ष ओलीले अभियानको थालनी गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कात्तिक १८ गतेबाट चुनावी अभियान सुरु गर्ने भएको छ ।

एमालेले सुदूरपश्चिमको दार्चुलाबाट अभियानको थालनी गर्ने निर्णय पनि गरेको छ । दार्चुलाको खलंगामा हुने आमसभालाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

दार्चुलाको सभालाई सम्बोधन गरेपछि त्यही दिन अध्यक्ष ओलीले बैतडी र कञ्चनपुरको चुनावीसभालाई पनि सम्बोधन गर्ने कार्यतालिका रहेको एमालेले जनाएको छ ।